ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम
पाेखरा | पुस १५, २०७९
पोखरा: तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए ।
पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब पामेका अध्यक्ष लक्ष्मण तिमिल्सिना, पामे बचत तथा ऋण सहकारीका व्यवस्थापक सुर्यमोहन पराजुली लगाएतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् । विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छ...
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

